
जनकपुरधाम : मुस्लिम समुदायका धर्मगुरु पैगम्बर मोहम्दको जन्म दिनको अवसरमा प्रदेश २ सरकारले आज (मंगलबार) सार्वजनिक विदा दिएको छ ।
प्रदेश २ सरकारको गत बैशाख २ गते बसेको मन्त्रीपरिषद् बैठकले नेपाल सरकारले दिएको बिदा बाहेक थप ११ वटा विदा दिने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार प्रदेश २ सरकारको क्यालेन्डरमा थप ११ वटा विदा राखिएको हो । जसमा पैगम्बर मोहम्दको जन्म दिनलाई पनि समाबेश गरिएको छ ।