जनकपुरधाम : नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहामाथि दुर्व्यवहार गर्ने सीके राउतका ६२ जना कार्यकर्ता पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार घटनास्थलबाट १३ जना कार्यकर्ता पक्राउ परेका थिए। उनीहरुलाई रिहा गर्न माग गर्दै राउत कार्याकर्ता जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शनमा उत्रेका थिए।

उनीहरुलाई पनि प्रहरीले पक्राउ गरेको हो। सबै गरेर ६२ जना कार्यकर्ता पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए।

पक्राउ परेका जनतम पार्टीका कार्यकर्तालाई कानून बमोजिम कारबाही गरिने धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताए। एक राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गरी अर्धनग्न गरेर बजारमा घुमाउने सहितका दुर्व्यवहार आपत्तिजनक, अमानवीय र आपराधिक घटना भएको प्रजिअ बास्तोलाको भनाइ छ।

राउतको घर अगाडिको बाटो नबनाएको भन्दै उनीहरुले बिहीबार कुशवाहमाथि दुर्व्यवहार गरेका थिए। उनलाई कुटपिट गर्दै बजार घुमाएका थिए।

२०७८ कार्तिक ५, शुक्रबार ०७:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय