जनकपुरधाम : ‘स्वतन्त्र मधेस’ नारा त्यागेर सरकारसँग शान्तिपूणर् राजनीतिमा आउने सहमति गरेर उत्छृङख्ल गतिविधिमा लागेका सिके राउतका १७ जना कार्यकर्तालाई मुद्दा चलाएको छ । सीके राउतको नेतृत्वको जनमत पार्टीले पछिल्ला एक महिनाको गतिविधि प्रशासन र नागरिकलाई तर्साई कानुन हातमा लिने उद्देश्यले प्रेरित रहेको भन्दै सर्वत्र आलोचना भइरहेको समयमा सरकारी कार्यालयमा उपद्रो मच्चाउने १७ जनालाई अपाधिक उपद्रो मुद्दा चलाएको हो ।

बिहीबार जनमत पार्टीका कार्यकर्ताले जनकपुरधाममा खानेपानी तथा ढल निकास कार्यालयका निमित्त प्रमुख राजेश्वर कुशवाहा माथि दुव्र्यवहार गर्दै उद्दण्ड मच्चाएको तथा कुटपिट गरी हिलो छयापेर नगरपरिक्रमा गराएका १७ जनालाई पक्राउ गरी मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

जनमत पार्टीका अध्यक्ष सीके राउतको घरअगाडि ढल निर्माणका क्रममा खाल्डो नपुरेको र वर्षाका कारण पानी निकासमा थप समस्या भइरहेको व्यक्तिगत रिसिबीका कारण कार्यालय बाहिर निकालेर, कुटपिट गरी शपडा च्यात्दै शरीरमा नालाको हिलो दलिदिनु अपराध जन्य कार्य भएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाको भनाई छ ।

लाठी भाटा सहित सरकारी कार्यालयमा पुग्न तोडफोड मच्चाउनु तथा कार्यालय प्रमुख कुशवाहालाई बन्धक बनाएर कुटपिट गर्नु अपराधिक उपद्रो भएकोले मुद्दा चलाईएको धनुषाका प्रहरी नायव उपरिक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

एक घण्टा भन्दा बढी समयसम्म उनलाई अर्धनग्न रुपमै नगर परिक्रमा गराएपछि मात्रै प्रहरीले उनलाई उद्धार गरेको थियो । निमित्त प्रमुख कुशवाहा हाल बोल्न सक्ने स्थितिमा छैनन् । त्रसित भएका कुश्वाहाले भने, ‘बरु मलाई अहिले नै गोली ठोकिदिनुस्, तर म केही बोल्न सक्दिन, बोल्न चाहन्न ।’

२०७८ कार्तिक ५, शुक्रबार १४:४८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय