रौतहट : जनमत पार्टीका कार्यकर्ताले निकालेको मसाल जुलुस अनियन्त्रित हुन लाग्दा प्रहरीले गरेको हस्तक्षेपमा आधा दर्जन भन्दा बढी घाइते भएका छन् ।

जनमत पार्टीको पूर्व घोषित कार्यक्रम अनुसार शुक्रवार तराई–मधेशका विभिन्न जिल्लामा निकालेको मसाल जुलुस अन्र्तगत रौतहट जिल्लामा अनियन्त्रित हुन लाग्दा प्रहरीले गरेको हस्तक्षेपमा पार्टीका ८ जना भन्दा बढी कार्यकर्ता घाइते भएको छ ।

मसाल जुलुसको क्रममा जनकपुरधाममा पनि प्रहरीले जनमत पार्टीका कार्यकर्ताहरुलाई लखेटेको छ । त्यस्तै सप्तरी, सिरहा, सर्लाही लगायतका जिल्लाहरुमा पनि प्रहरीले मसाल जुलुसको क्रममा देखिएको अनियन्त्रित गतिविधि नियन्त्रण गर्नकालागि हस्तक्षेप गरेको छ ।

प्रहरीले लाठी प्रहार गर्दा रौतहटमा आठ जना भन्दा बढी कार्यकर्ता घाइते भएको जिल्ला सचिव विकास कुमार यादवले दावी गरेपनि प्रहरीले २ जना घाइते भएको जानकारी दिएको छ ।घाइतेहरुको जिल्ला अस्पताल गौरमा उपचार भई रहेको र अवस्था सामान्य रहेको जिल्ला अस्पताल गौरले जनाएको छ ।

jahdap

जनकपुरधाममा जनमत पार्टीका अध्यक्ष सीके राउतको घर अगाडि सडक नबनाएको भन्दै संघीय ढल तथा खानेपानी आयोजनाका प्रमुख राजेश कुशवाहालाई अभद्र व्यवहार गर्दा राउतका पक्राउ गरिएका ११ जना कार्यकर्ताको रिहाईको माग गर्दै पार्टीले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । बेलुकी ५ बजे देखि प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताहरु प्रहरी प्रसासन विरुद्ध पनि नारावाजी गरेका थिए ।

२०७८ कार्तिक १३, शनिबार ०९:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय