जनकपुरधाम : रामदूत हनुमान जन्मको उपलक्ष्यमा मनाइने हनुमान जयन्ती जनकपुर लगायत देश भरीनै विभिन्न धार्मिक कार्यक्रम गरि मनाइदै छ ।

यसै अवसरमा जनकपुरधाममा मिथिलाञ्चल सांस्कृतिक कला परिषद्, नव मिथिला सांस्कृतिक समूह लगायतले हनुमान जयन्ती मनाइदै गरेको हो । यसै गरी जनकपुरधामको विभिन्न हनुमान मन्दिरमा हर्षाेउल्लासका साथ मनाइरहेका छन् । हनुमान जयन्तीको अवसरमा जनकपुरमा आज मिथिलाञ्चल सांस्कृतिक कला परिषद्ले नगरमा शोभा यात्रा निकालेका हुन ।

कला परिषद्ले जनकपुरको रेल्वे स्टेशनबाट निकालिएको शोभा यात्रा नगरको भानु चौक, शिव चौक,जनक चौक, राम चौक,महावीर चौक, लगायतको स्थानको परिक्रममा गरेको मिथिलाञ्चल सांस्कृतिक कला परिषद्का संचालक शम्भू साहले बताए ।

hanuman jayan

हनुमान जयन्तीको अवसरमा हनुमान मन्दिरहरुमा एका विहानै देखी हनुमान चालिसा, नित्य रामायण पाठ, बज्रग वाण, नित्य बेदम मन्त्र, हरुको उच्चारण गदै मनाइरहेका छन् । कला परिषद्ले प्रत्येक वर्ष हनुमान जयन्तीको अवसरमा शोभा यात्रा निकाल्ने गरेको हो ।
हनुमान जयन्तीको दिन मनाइने यो उत्सव हनुमान प्रशन्न हुने धार्मिक बिश्वास रहेको छ ।

रामायणका कथाहरु, पात्रहरु अनि घटनाक्रममा हनुमान सबैभन्दा लोकप्रीय, दयावान अनि शक्तिशाली पात्रकारुपमा हामिले सुन्न पाउछौ । हनुमान भन्ने वित्तिकै रामभक्त अनि वलवान भन्ने बुझिन्छ, हनुमानलाई वल र साहसको पर्यायका रुपमा अभिब्यक्त गरेको वाल्मीकी आँफैले लेखेका हनुमान रामायण हो ।

२०७८ कार्तिक १७, बुधबार १४:४९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय