नेपालवाणी,
जनकपुरधाम : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली मधेश र राष्ट्र विरोधी खलनायक भएको बताएका छन् ।

महोत्तरीको रामगोपालपुरमा आयोजित जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान संशोधन प्रस्ताव त्यतिबेला कस्ले पारित हुन दिएन तपाईहरुलाई थाहा छ ? केपी ओली र उसले नेतृत्व गरेको नेकपा एमाले गुटले त्यो पारित हुन दिएन् । एमाले गुट मधेश विरोधी, राष्ट्र विरोधी पार्टी हो । मधेश विरोधी पनि हो, राष्ट्र विरोधी पनि हो ।’ मधेशी जनताको पक्षमा संशोधन प्रस्ताव पारित हुन नदिने सबैभन्दा ठुलो खलनायक केपी ओली रहेको प्रचण्ड बताए ।

उनले मधेशको अधिकारका लागि प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको पक्षमा दुई पटक प्रस्ताव राखेपनि केपी ओली र एमाले गुटले पारित हुन नदिएको आरोप लगाए । उनले जनसभाको उपस्थितिलाई सम्बोधन गर्दै प्रदेश २ मा माओवादी केन्द्र १ नम्बर पार्टी हुने बताए । ‘आजको जनसभालाई हेरेर आगामी निर्वाचनमा माओवादी केन्द्र प्रदेश २ मा पहिलो पार्टी हुने संकेत गरेको छ । मलाई त्यसमा कुनै शंका छैन्’ उनले भने ।

prachand_janakpur (2)

मधेशी, दलित, मुस्लिम, जनजाती जनताको अधिकार र पहिचानको सवाल र लडाईमा माओवादी केन्द्रले पहिलो पटक लडयो ।’ प्रचण्डले भने, ‘जनयुद्ध, जनआन्दोलन र मधेश आन्दोलन मार्फत लडयौं, माओवादी जनयुद्धपछि संविधानसभाको निर्वाचनको तयारी गर्दैगर्दा मधेशमा के मधेशी के पहाडी मधेशमा बस्ने आम जनतामा मधेशवादी प्रति एउटा ठुलो आकर्षण र लहर थियो । त्यो लहर हेरेर प्रतिक्रियावादी, दलाल, सामन्त, भ्रष्टहरु, घुसखोर र कमिशनखोरहरु सहय भएको थिएन् ।’

मधेशमा माओवादीको लहरले सवै वर्गका जनताको अधिकारका निमित्त लडेर आएको माओवादीको आकर्षण देश भित्रका प्रतिक्रियावादीहरुलाई मात्रै हैन, देशबाहिरका प्रतिक्रियावादीहरु पनि सह्य भएको थिएन । प्रचण्डले भने, ‘माओवादीलाई देखेर अतालिएकाहरुले ठुलो भ्रम छरियो, हामीमाथि ठुलो षडयन्त्र भयो । त्यो के थियो भने माओवादी पार्टी संघीयता र स्वायतताको नारा लिएर मधेश स्वायत प्रदेशको बनाउने घोषणा सबैभन्दा पहिला गर्‍यो, त्यही पार्टीलाई मधेश विरोधी र संघीयता बिरोधी भनियो ।’

prachand_janakpur (1)


२०७८ मंसिर १, बुधबार १९:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय