जनकपुरधाम : नेकपा एमालेको १० औं महाधिवेशनका लागि प्रदेश २ मा भएको प्रतिनिधि छनौटमा पूर्व माओवादीलाई पाखा लगाइएको छ ।

प्रदेश २ मा पूर्व माओवादीबाट आएका प्रभु साहको समूहलाई सर्लाही जिल्लामा एउटा पनि स्थान दिएको छैन् ।साहकै गृह जिल्ला रौतहटमा समेत अवस्था कमजोर छ । तर धनुषा जिल्लामा सहमतिबाट नै महाधिवेशन प्रतिनिधि चयन भएको पूर्व माओवादी नेता रामचन्द्र मण्डलले बताए ।

‘सहमतिबाट नै प्रतिनिधिहरु छनौट गरिएको छ’ धनुषाका ईञ्चार्ज समेत रहेका मण्डलले भने, धनुषामा ५३ जना प्रतिनिधि मध्ये ३ जना दलित, १५ जन महिला र ३५ जना पुरुष महाधिवेशन प्रतिनिधि छानिएका छन् । तर धनुषा जिल्लामा रघुबीर महासेठ समूहले एकलौटी गरेको आरोप असन्तुष्ट नेताहरुले लगाएका छन् ।अन्य दलहरुबाट आएकाहरुलाई प्राथमिकतामा राखेको बताइएपनि पूर्व माओवादीलाई पूर्ण उपेक्षा गरिएको बताइएको छ ।

महाधिवेशन प्रतिनिधि चयनमा युवाहरुलाई अवसर नदिएको गुनासो गरिएको छ । लोकतान्त्रिक विधि नअपनाई राति भागबण्डा गरेर प्रतिनिधि छनौट गरिएको आरोप लगाइएको छ । तर मण्डलले भने, जिल्लामा सहमतिबाट नै प्रतिनिधि छनौट भएको छ ।प्रतिनिधि छनौटमा कुनै विवाद नरहेको उनले बताए ।

असन्तुष्ट नेताहरुले पूर्ब माओवादीलाई जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा २÷२ जना प्रतिनिधि दिइएको छ ।कतिपय नेताहरुका अनुसार ५३ जना प्रतिनिधि मध्ये ४० जना महासेठ निकट रहेका छन् ।

प्रादेशिक कमिटीले महोत्तरी जिल्लाको बर्दिबासमा मंगलवार आयोजना गरेको भेलामा उपमहासचिव विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरु सहभागी भएपनि प्रभु साह समूहको सहभागिता थिएन् ।

साहले केही महिना पूर्व आई टी आर्मीको नाममा प्रदेश २ का जिल्लाहरुमा संगठन बनाएका थिए । तर महाधिवेशन प्रतिनिधिमा उनको सेनाको भूमिका निष्कृय देखियो ।साहको भन्दा महासेठलाई एमालेमा अत्यधिक महत्व दिएको छ । आजको जनकपुर टुडेले यो खबर छापेको छ । 

२०७८ मंसिर २, बिहीबार ०८:३४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय