
जनकपुरधाम : बलिउडका चर्चित गायक कुमार सानुको कार्यक्रम पुनः सारिएको छ ।
मंसिर ४ गते शनिवार हुने भनिएको कार्यक्रम प्राविधिक कारणले गर्दा पछि सारिएको आयोजक समितले जनाएको छ ।सो कार्यक्रम कहिले हुने सोको मिति एक दुइ दिन भित्र तय गरिने आयोजक समितका रोशन पराजुलीले जानकारी गराएका छन् ।
गायक सानुको समूहमा सहभागी भई जनकपुरधाम आउने भनिएका केही कलाकारहरु कोरोना संक्रमित भए संगै केही प्राविधिकका कारण कार्यक्रम पर सारिएको पराजुलीले बताए ।