काठमाडौं – पछिल्लो २४ घण्टामा २६५ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ११४ पीसीआर र १ हजार ५०३ जनाको एन्टीजेन परीक्षणका क्रममा २६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २२ हजार ८३० जना पुगेको छ। कुल संक्रमितमध्ये ६ हजार ३८६ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा ३५७ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख ४ हजार ९०१ पुगेको छ। उक्त अवधिमा २ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ। हाल ९८ जना क्वारेन्टाइनमा छन्। ११४ जना आइसीयू र ३२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।

२०७८ मंसिर २०, सोमबार २१:०२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय