kera_kheti

बर्दिबास । केराको घरी आठ फिट लामो ! महोत्तरीको बर्दिबास नगरपालिका-१ दुर्गामन्दिर बस्ती छेउका घनश्याम न्यौपानेको करेसाबारीमा फलेको केराको घरी आठ फिट लम्बाईको छ । केराको घरीमा झण्डै ३० भन्दा बढी हाता देखिएका छन् ।

स्थानीय मर्चमान जातको यो केरा २०७६ सालको हिउँदमा बर्दिबास महोत्सवमा किसानले प्रदर्शनीमा ल्याएका केराको गुबो रोपिएको हो । सामान्यतया केरा एक वर्षभित्रै फल्ने (पसाउने, घरी लाग्ने) भएपनि यो चैं दुई वर्षमा पसाएको किसान न्यौपानेको भनाइ छ ।

घरीको माथिका हाता छुट्टिदै गएपनि तलसम्मका हाता छुट्टिन र छिप्पिने क्रममा छन् । बोट सामान्य लम्बाई / मोटाइको भएपनि घरीभने निकै लामो भएपछि अहिले न्यौपानेको यो केरा हेर्न मान्छेको लाम लागेको देखिन्छ ।

कृषि प्राविधिकले भने यो घरी निकै लामो भएपनि माथिका १०/ १२ हातामा मात्र राम्रो कोसा हुने र तलका हाताका कोसा झिना हुने बताएका छन् ।

२०७८ पुष ३, शनिबार ०९:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय