बर्दिबास : मानव अधिकार उलङ्घनका घटनामा पीडित हुनेमा महिला धेरै पर्ने गरेका तथ्याङ्कले देखाएको छ ।

महोत्तरीको बर्दिबासमा इन्सेक (अनौपचारिक क्षेत्र सेवा केन्द्र) महोत्तरीले शुक्रबार साँझ सम्पन्न गरेको ‘मानवअधिकार वर्ष पुस्तक २०२२ प्रकाशनपूर्व वार्षिक समीक्षा कार्यक्रम’ मा यस्तो तथ्याङ्क पाइएको हो । सन् २०२१ म जिल्लामा भएका मानअधिकार उलङ्घनका ५२ घटनामा ४७ जना महिला हिंसामा परेका तथ्याङ्क कार्यक्रममा प्रस्तुत गरिएको छ ।

“जिल्लामा सन् २०२१ मा जम्मा प्रकाशमा देखिएका ५२ वटा मानअधिकार उलङ्घनका घटनामा ४७ जना महिला पीडित पाइएको छ” इन्सेक जिल्ला प्रतिनिधि अजयकुमार साहले प्रस्तुत गर्नु भएको तथ्याङ्कमा उल्लेख छ । गैर राज्यपक्षबाट भएका यी घटनामा हत्या, बलात्कार, बलात्कार प्रयास, अपहरण तथा शरीर बन्धक, बोक्सीको आरोपमा दुव्र्यवहार, वालविवाह र जातीय दुव्र्यवहार रहेका छन् । बितेको यो वर्षमा हत्या-८, बलात्कार २२, बलात्कार प्रयास-९, अपहरण तथा शरीर बन्धक-३, बोक्सीको आरोपमा दुव्र्यवहार-४, वालविवाह-३ र जातीय दुव्र्यवहारका एक घटना भएका तथ्याङ्क विवरणमा उल्लेख छ । यसमा हत्या घटनामा तीन , बोक्साबोक्सीको आरोपमा एक र जातीय दुव्र्यवहारमा एक गरी पाँच पुरुष पीडित देखिएका छन् ।

हिंसामा अधिकांश पीडित महिला पर्ने गरेका विगतजस्तै बितेको २०२१ को घटना विवरण छ । यद्यपि सन् २०२० को तुलनामा पछिल्लो वर्ष यस्ता घटना केही कम देखिएका छन् । सन् २०२० मा जिल्लामा मानअधिकार उलङ्घनका ७९ घटना बिभिन्न न्यायिक निकायमा दर्ता भएका थिए ।

समाजमा हुने मानवअधिकारका कतिपय घटना प्रकाशमै नआएर (न्यायिक निकायमा नपुगेका) गुपचुप पारिने गरेका कार्यक्रममा सहभागीले औंल्याएका छन् । कार्यक्रममा जिल्लाका सञ्चारकर्मी, स्थानीयतह र सामाजिक सङ्घ संस्थाका प्रतिनिधिको सहभागिता थियो ।


२०७८ पुष १७, शनिबार ११:३०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय