एशियन हाइड्रोपावर लिमिटेडले प्राथमिक शेयर (IPO) निष्काशनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको छ।

मिति २०७८ पौष ११ गते हाइड्रोपावरले रु.११ करोड ८० लाख बराबरको हुन आउने ११ लाख ८० हजार कित्ता शेयर निष्काशनको लागि अनुमति मगेको हो। यस्तै, कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा एनएमबि क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ।

हाल हाइड्रोपावरले ईलाम जिल्ला हुँदै बहने जोगमै खोलाको श्रोत उपयोग गरी ६.२ मेगावाट क्षमताको गरी तल्लो जोगमै खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ।

२०७८ पुष २२, बिहीबार ११:४२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय