जनकपुरधाम : सहिद पत्रकार उमा सिंहको हत्या भएको आज १३ वर्ष पूरा भएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा लगायत विभिन्न पत्रकार संघसंगठनहरुले आज विभिन्न कार्यक्रमको आयोजना गरी सिंहको १३ औं स्मृति दिवस मनाउँदैछन् ।

महासंघ धनुषा शाखाले आज दिउँसो आफ्नै सभाहलमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्न लागेको छ ।

वि.स. २०६५ साल पुस २७ गते जनकपुरधामको रजौलस्थित आफ्नै डेरामा रहेको समयमा पत्रकार सिंहको विभत्स हत्या गरिएको थियो ।पत्रकार सिंहको स्मृतिमा विभिन्न संघ सँस्थाहरुले १२औँ स्मृति दिवस मनाउन लागेका छन् । महासंघले प्रत्येक वर्ष पत्रकार सिंहको स्मृति दिवस मनाउँदै आएको छ ।

पत्रकार सिंहका मुख्य हत्यारा स्वामी भनिने उमेश यादव लगायत केहिले धनुषा जिल्ला अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय आदेश भई महोत्तरीको जलेश्वर कारागारमा रहेका छन् ।

uma-singh-patrakar_nepalvani

धनुषा जिल्ला अदालतले पत्रकार उमा सिंह हत्या प्रकरणका मुख्य अभियुक्त स्वामीजी भनिने उमेश यादवलाई जन्मकैदको सजाय सुनाइसकेको छ । यादवले उमाकी भाउजू ललिता सिंहसँग मिलेर हत्याको योजना बनाएका थिए ।

उमा सिंह हत्याको अभियोगमा उमाकी भाउजू ललिता सिंह, ललिताको छोरा अभिषेक सिंह, सिरहा रामपुरको श्रवण कुमार यादव, धनुषा लक्कडका नेमलाल पासमान, बल्हासघाराका स्वामीजी भनिने उमेश यादव, सिरहा महेशपुरका चन्देश्वर साह, सिरहा सिमराका धनेश्वर साह, सिरहा सितापुरका विजय यादव, विन्दु यादव, भारत सीतामढीको नरहा कटरहियाका वैद्यनाथ सिंह कुमर र उनको छोराहरू धनञ्जय सिंह र अजय सिंह, राजपुरका सुभाष यादव भन्ने सुमेश्वर यादव, महोत्तरी खुट्टा पिपराढीका विमलेश झा भनिने विमलेश विमलविरुद्ध धनुषा जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको थियो ।


२०७८ पुष २७, मंगलवार १९:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय