
धनकुटा : धनकुटाको धनकुटा नगरपालिका २ मा बिहान टिपरले च्याप्दा २ जनाको मृत्यु भएको छ । धनकुटाबाट बसन्तपुर जाँदै गरेको टिपर दुर्घटना हुँदा टिपकार चालक र परिचालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा टिपर चालक प्युठान, माण्डबी गाउँपालिका १ का २७ वर्षीय भुवन ठेडी मगर र परिचालक दाङ, बबई गाउँपालिका ३ का २१ वर्षीय नबिन विश्वकर्मा छन् । दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाबाट बसन्तपुर जाँदै गरेको बाग्मती प्रदेश, ०३–००१ क ०५४९ नम्बरको टिपर शुक्रबा बिहान अनियन्त्रित भइ सडकबाट २५ मिटर तल खस्दा च्यापिएर दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।