जनकपुरधाम : सरकारी कार्यालय किर्ते कागजात तयार पारी लाखौंको ठगी गरेका एक युवकलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

धनौजी गाउँपालिका–१का सतार मियाँको २५ वर्षीय छोरा शहादत राईनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राइनले सोही ठाउँका १९ वर्षीय बब्लु पासमान , २० वर्षीय पारस कुमार पासवान र दिपेश कुमार पासमानको नाउँको सडक डिभिजन कार्यालयको सुपरभाईजर पदको नियुक्ती पत्र,मासिक तलब र सो पद सम्बन्धी उम्मेदवारको समझौता पत्र सडक डिभिजन जनकपुर प्रदेश–२ को लेटर प्याड तयार गरी सो प्याडमा सरकारी दस्तखत छाप किर्ते गरी तीनै जना संग २ लाखको दरले रकम ठगी गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ ।

राईनले किर्ते कागज तयार गरी ठगी गरेको भनी पारस कुमार पासमान सहितका पीडितले संयुक्त रुपमा दिएको जाहेरीको आधारमा राइनलालई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका सूचना अधकिारी जितेन्द्र बस्नेतद्वारा जारी तथ्यांकमा उल्लेख छ ।

राइनलाई जिल्ला धनुषा जनकपुरधाम उप– महानगरपालिका–. २ कदम चोकबाट पक्राउ गरिएको जनाइएको छ । राइनलाई जिल्ला अदालत धनुषाबाट १० दिनको म्याद थप गरी अनुसन्धान जारी रहेको बताइएको छ ।

२०७८ माघ १४, शुक्रबार ०६:०३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय