
भनिन्छ शिक्षा नै सबै भन्दा ठूलो धन र हतियार हो । र शिश्राको महत्व धेरै नै रहेको हुन्छ । त्यस्तै अहिले एक युवती भारतभर चर्चित भइरहेकी छिन् । संघ लोक सेवा आयोग (यूपीएससी) ले २०२० को निजामती सेवा परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
आयोगले २०२० को अन्तिम नतिजा सार्वजनिक गरेको हो । यस पटक २०१६ को यूपीएससी परीक्षामा टपर टीना डाबीकी कान्छी बहिनी रिया डाबीले पनि नाम निकाल्न सफल भइन् । उनले भारतमा १५ औं स्थान हासिल गरिन् । रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् ।
रियाले २३ वर्षको उमेरमा परीक्षा उर्तीण गरेकी हुन् । उनी भारतीय प्रशासनिक सेवा (आईएएस) मा सफल हुने सबैभन्दा कान्छी उम्मेदवार बनेकी छिन् ।
रियाका अनुसार उनले आफ्नी आमाबाट प्रेरणा लिने गरेकी छिन् । उनकी आमा दुई छोरीहरु आईएएस अधिकारी भएको हेर्न चाहान्थिन् । रिया भारतभर शीर्ष १५ मा पर्दा धेरै खुसी छिन् ।
उनले पहिलो प्रयासमा नै यो सफलता हासिल गरेकी हुन् । रिया चित्रकलाको धेरै शौकीन छिन् । उनी आफैंले चित्रहरु बनाउँछिन् । परम्परागत चित्रकलाले उनलाई यूपीएससीमा धेरै मद्दत गरेको छ ।
उनकी आमा हिमानी डाबी भन्छिन् कि उनका दुबै छोरीहरुले उनलाई सम्मान दिएका छन् । रिया ले लेडी श्री राम कलेज, दिल्लीबाट सन् २०१९ मा राजनीति विज्ञानमा स्नातकसम्मको अध्ययन गरेकी छिन् ।
टीना डाबीले भने दिल्ली विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेकी छिन् । रियाका आमा बुबा पनि कर्मचारी नै हुन् । रियाले दिदी टीना सधैं उनको मार्गदर्शक हुने जानकारी गराइन् ।