अनिल साह, 
धनुषा : प्रेस सेन्टर नेपाल धनुषा शाखाले मास्क र सेनिटाइजर वितरण गरी १८ औं स्थापना दिवस मनाएको छ ।

कोरोना संक्रमणको महामारीबाट बच्न जनचेतना फैलाउने उद्देश्यले सेन्टरले धनुषाको विदेह नगरपालिका स्थित तीनकौरिया बाजारमा सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरेको हो ।

प्रेस सेन्टर धनुष शाखाका अध्यक्ष संजिव मण्डलको अध्यक्षता तथा सेन्टरका मधेश प्रदेश अध्यक्ष किरण कर्णको प्रमुख आतिथ्यमा मास्क वितरण गरेर स्थापना दिवस मनाइएको हो ।

सो कार्यक्रममा स्थानीय प्रहरी, व्यवसायी, वुद्धिजिवी लगायतको सहभागिता रहेको थियो । प्रेस सेन्टर नेपालको स्थापना दिवस शनिबार भएपनि आवश्यक तयारी नहुँदा दुईदिनपछि सोमबार स्थापना दिवस मनाएको हो ।

२०७८ माघ १७, सोमबार २२:१३मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय