काठमाडौं : विश्वहिन्दु परिषद्ले रौतहट जिल्लाको इशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा सरस्वती माताको प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई तुरुन्तै कारबाही गर्न माग गरेको छ ।

माघ २४ गते रौतहट जिल्लाको ईशनाथ नगरपालिका वडा नं ५ लक्ष्मीनिया टोलमा माता सरस्वतीको प्रतिमा बिसर्जनको क्रममा निकालिएको यात्रामाथि मुस्लिम सुदायका व्यक्तिहरूले प्रतिमा बिर्सजन गर्न गएका यात्रीहरूलाई आक्रमण गरेको भन्दै दोषीलाई कारबाहीको लागि माग गरेको छ ।

विश्वहिन्दु परिषद्ले एक विज्ञप्ति निकाल्दै घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको र दोषी व्यक्तिहरूलाई कानुनको दायरामा ल्याई कडाभन्दा कडा कारबाहीको लागि सरकारसँग माग गरेको छ ।

सोमबार दिउँसो सरस्वतीको प्रतिमालाई मस्जिदको बाटो भएर यात्रा लगेका निहुँमा स्थानीय आतंकी एवं अपराधी मानसिकता भएका तत्वहरुद्वारा आक्रमण गरेको थियो ।

साथै मुस्लिम समुदायका महिला र पुरूषहरू एक्कासि सुरक्षार्थ खटिएका प्रहरी, प्रतिमा र हिन्दुमाथि घरभित्रबाट अस्लिल गालीगलौज सहित ढुङ्गामुढा गर्न थालेपछि प्रहरी र स्थानीयहरू समेत गम्भीर घाइते भएका थिए ।

महिला तथा बालबालिका समेतलाई लक्षित गरी सरस्वती माताको प्रतिमामाथि मुस्लिमहरूद्वारा गरिएको ढुङ्गामुढा–चप्पल जुत्ता प्रहारको उक्त घटनाले सम्पूर्ण सनातन हिन्दू समाजलाई आहात एवं आक्रोशित बनाएको छ विश्वहिन्दु परिषद्ले जनाएको छ ।

आतंकी तथा अपराधी प्रवृत्तिका तत्वहरुको समयमै कानुनी उपचार हुन नसक्दा रौतहटलगायतका जिल्लाहरुमा यस्ता घटना घटाउन उनीहरुको मनोवल बढेको विश्व हिन्दु परिषद्का महासचिव जितेन्द्र सिंहले बताए ।

२०७८ माघ २५, मंगलवार ११:३१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय