इटहरी : तस्कर समूह र प्रहरीबीच पूर्वका सीमावर्ती क्षेत्रमा श्रृखलाबद्द रुपमा झडप तथा आक्रमणका घटना बेला बेलामा हुने गरेका छन् । तर, मंगलबार दिउँसो भने राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा फरक घटना हुन पुगेको छ ।

सशस्त्र प्रहरीले नै तस्करी गर्ने समूहका व्यक्तिलाईं लिएर राजस्व अनुसन्धान कार्यालय प्रमुख तीर्थ खनालको कार्यकक्षमा पुगे । प्रमुख खनालको कार्यकक्षमा सशस्त्र प्रहरी बल ४ नं। बाहिनीका सई गणेश खड्काले टेलिफोन गरि सशस्त्र प्रहरी सहायक हवल्दार थमबहादुर गिरीमार्फत देवानगञ्ज वडा नं। ५ का सन्तोष यादव लिएर पुगे ।

गिरीले यादवलाई कार्यालय प्रमुखको कार्यकक्षमा लगेपछि सोधीखोजी शुरु भयो । त्यस क्रममा यादवले भने, ‘म चिनी, सुर्ती र गुट्खा यताको उता गर्छु ।’ यादवले त्यसरी खुलामखुल्ला नियमकारी निकायका प्रमुखलाई चुनौती दिएपछि खनाल आवेसमा आएपछि हप्कीदप्की गरेपछि उनीहरु भाग्न खोजे ।

भाग्न खोज्दा समातेर पिट्दा उल्टै कार्यालय प्रमुख खनालको दाहिने हातको बुढी औला फ्याक्चर भएको छ । द्रेवे हातमा चोट लागेको छ । कार्यालय प्रमुखको कार्यकक्षबाट भाग्न सफल भएका यादव र प्रहरी सहायक हवाल्दार गिरी राजस्व अनुसन्धानको कार्यालयमा डियूटी बस्ने प्रहरीको आँखा छलेर तत्काल भाग्न सफल भए । डियूटीमा खटिएका सशस्त्र प्रहरीले घटना भएको सुर्ईको नै नपाएको जानकारी दिइयो ।

तीन महिनाअघि राजस्व अनुसन्धान एकाई कार्यालय इटहरीमा आएका खनालका अनुसार राजस्वले गस्ती गर्ने क्रममा सवैभन्दा बढी असहयोग सशस्त्र प्रहरीबाट भएको आजको राजधानी दैनिकमा खवर छ ।

२०७८ फाल्गुन ४, बुधबार ०७:१२मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय