तनहुँ : नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ ।

जिल्ला प्रहरी कार्यालयको न्यायिक हिरासतमा रहेका आरोपी शाहलाई थप १२ दिन थुनामा राखेर अनुसन्धान गर्न आइतबार तनहुँ जिल्ला अदालतले अनुमति दिएको हो ।

यसअघि अदालतले उनलाई सात दिन थुनामा राखेर अनुसन्धान गर्न तनहुँ प्रहरीलाई म्याद दिएको थियो ।

नाबालिग गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा उजुरी परेपछि एक साताअघि फागुन १२ गते शाहले तनहुँ प्रहरीसमक्ष गिरफ्तारी दिएका थिए ।


२०७८ फाल्गुन २२, आईतवार १८:०७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय