जनकपुरधाम : १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज धनुषा जिल्लाको पर्वता आईपुगेका छन् ।  पर्वतामा महादेवको ऐतिहासिक मन्दिर रहेको छ ।

मिथिला विहारी अर्थात भगवान राम तथा किशोरी जी अर्थात माता जानकीको डोलासँगै हजारौँ तीथ यात्रीहरु खाली खुट्टा भजन कीर्तनसहित यात्रा गरी रहेका छन् ।

नेपाल भारतको साझा सांस्कृति तथा धार्मिक धरोहरको रुपमा रहेको १५ दिने मध्यमा मिथिला परिक्रमाका यात्रीहरु आज बिहान महोत्तरीको कन्चन वनबाट हिडेर पर्वता आईपुगेका हुन ।

उक्त ठाउँमा आज मेला लाग्ने गर्दछ । आज पर्वतामा बास बसेपछि परिक्रमा यात्री भोलि धनुषाधामका लागि प्रस्थान गर्नेछन् ।

madhymik-parikrama-prikram-nepalvani

२०७८ फाल्गुन २७, शुक्रबार १४:१९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय