
एजेन्सी : पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामालाई कोरोनाभाइरसको संक्रमण भएको छ।ओबामाले सामाजिक सन्जालमार्फत् आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
आफूलाई केही दिनदेखि घाँटीमा हल्का अप्ठेरो भएको भए पनि अरू अवस्था सामान्य रहेको उनले बताएका छन्। ओबामाले पत्नी मिसेलको कोरोनाको रिपोर्ट नेगेटिभमा आएको पनि जानकारी दिएका छन्।
ओबामाले दम्पतीले कोरोनाविरूद्धको बुस्टर डोज पनि लगाइसकेका छन्। ‘यसले संक्रमित कम हुँदै गएको भए पनि तपाईंहरूले खोप लगाउनु भएको छैन भने खोप लगाउनु पर्छ भन्ने सन्देश दिन्छ,’ ओबामाले भनेका छन्।
ओमिक्रोन भेरियन्टको संक्रमण कम हुँदै गएपछि अहिले अमेरिकामा दैनिक पाँच हजारको हाराहारीमा संक्रमित थपिने गरेका छन्।
अमेरिकामा अहिलेसम्म ८ करोड बढी मानिसमा कोरोना संक्रमण भएको छ भने ९ लाख ९३ हजारको मृत्यु भएको छ।