एजेन्सी : युक्रेनको राजधानी किभको भित्री भागमा आज बिहान सबेरै तीन वटा बम विस्फोट भएको छ । विस्फोटपछि धुवाँको कालो मुस्लो उठेपनि विस्तृत खबर आएको छैन ।

एएफपीका अनुसार बिहान झिसमिसे समय र निषेधाज्ञाका कारण सबै कुराको जानकारी प्राप्त नभएको हो ।

बीबीसीका अनुसार आज बिहान किभमा कम्तिमा दुई वटा ठूला विस्फोटका घटना भएका छन् । ती विस्फोट किभको पश्चिम भेगमा पर्ने बोर्सचागोभ्का जिल्लामा भएको हो । विस्फोटमा सर्वसाधारणको घर ध्वस्त भएको जनाइएको छ ।

२०७८ चैत्र १, मंगलवार १४:३७मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय