
काठमाडौं : प्रिमियर स्टील्स एक ठूलो स्टिल उत्पादन कम्पनी हो जसले ग्राहकहरुको आवश्यकता अनुसार उनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ। गुणस्तरीय इम्बेडेड उत्पादनको दर्शनको साथ, प्रिमियर स्टील्का देशभर ५०० रिटेल आउटलेटहरु छन्।
आज प्रिमियर स्टील्सले आफ्नो यात्रामा अर्को कदम चालेको छ। प्रिमियर स्टील्स राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कासँग रणनीतिक साझेदारीको घोषणा गर्न पाउँदा निकै गर्वान्वित छ। खड्काले प्रिमियर स्टिलका सबै नयाँ अभियानको अगुवाई गरिरहेको देखिनेछ।
सम्झौता ज्ञापन पत्र हस्ताक्षर मार्च १५ मा आयोजित भएको थियो। प्रिमियर स्टील नेपालको प्रतिष्ठित खेल व्यक्तित्वसँग व्यवसायिक र कर्पोरेट साझेदारी गर्न निकै उत्साहित छ।
एसोसिएसनमा टिप्पणी गर्दै खड्काले भने, “म प्रिमियर स्टिल परिवारको हिस्सा हुन पाउँदा धेरै खुसी छु र उत्साहका साथ ठूलो पहल गर्ने छु’’। खड्काले व्यवसायिक खेलाडी र खेलकुदको उत्थानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताई ब्रान्डसँग प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।