काठमाडौं : पेट्रोलियम पद्धार्थको अन्तर्राष्ट्रि बजारमा अत्याधिक मूल्यवृद्धि हुँदा नेपाल आयल निगमको मासिक घाटा १० अर्ब नाघेको छ । आज निगमले प्रेस विज्ञप्ति जारी गरी पाक्षिक अनुमानित घाटा ५ अर्ब ३० करोड ९० लाख रहेको जनाएको छ ।

निगमले थेग्नै नसक्ने घाटाबारे जानकारी समेत दिएको छ । यसबाट मूल्य वृद्धिको संकेत देखिएको छ ।

निगमले चालु आर्थिक वर्षमा २८ अर्ब जति नोक्शानी व्यहोरी सकेको जनाएको छ । उसको संचित रकम सकिएर सरकारसँग रकम लिएर आयात गरिरहेको छ ।

पछिल्लो मूल्य अनुसार पेट्रोले प्रति लिटर १६, डिजेल २४ र हवाई इन्धन १९ रुपैयाँले बढेको निगमले जनाएको छ । अब निगमले पेट्रोल प्रति लिटर ३२, डिजेल ३६, मट्टितेल १९, हवाई इन्धन बाह्यतर्फ ४३ र एलपी ग्याँस प्रति सिलिण्डर ६६५ रुपैयाँ घाटा व्यहोरिरहेको जनाएको छ ।

२०७८ चैत्र २, बुधबार १६:१४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय