
काठमाडौं : हेल्प मधेसी मलेसिया शाखाले नयाँ कार्यसमिति चयन गरेको छ ।
हेल्प मधेसी मलेसियाको स्थापना काल देखिनै प्रमुखको रुपमा रहेका सस्थापक अध्यक्ष दिपक कुमार मंडलको अध्यक्ष्यतामा स्थापना भइ हाल मलेसियाको जोहर बारू, बातु पहाट, मलाका, कोलालमपुर, साह आलम , पेनाङ्ग, सेरेम्बान राज्यहरुमा दलान (शाखा) बिस्तार गरि नेपालमा रहेको लाखौ असाहय, अपाङ्ग, दलित, जन्जाती, बिपन्न, तथा विभिन्न किसिमका आपतकालीन परिस्थितिमा मधेसी प्रवासी श्रमजीवीहरुले आ-आफ्नो पसिनाको कमाइबाट आफू एक दिन खाजा खाइ- नखाइ सहयोगमा सहभागी हुँदै आइरहेको सर्बबिदितै छ ।
आगामी दिनहरुमा पनि यसलाई अझ प्रभाकारी र समुन्नत तरिकाले यश संस्थालाई अझ उचाइमा सम्म र अझ धेरै भन्दा धेरै सदस्यहरुलाई यश संस्थामा समावेस गरि धेरै भन्दा धेरै सेवा दिने उद्धेश्यका साथ संस्थापक अध्यक्ष दिपक कुमार मण्डलले आफू संस्थापकमा रहि नयाँ कार्यसमिति चयन गरेका छ ।
जसमा केही संस्थापक पदाधिकारी सहित केही नया परिवर्तन गरेका छन् ।
हालको कार्यसमिति संस्थापक सदस्य र पुर्व उपाध्यक्ष उदय महतोको संयोजकमा, बातुपहातका संयोजक र पुर्व महासचिव रहेका रमेश यादव अध्यक्षको कार्यभार पाएको छ भन्ने वरिष्ठ उपाध्यक्षमा जोहरबाट सुरेन्द्र महतो, उपाध्यक्षमा के.एल.बाट उदय नारायण मंडल, द्वितीयत उपाध्यक्षमा सिता राम साह, महासचिव बिजय कुमार मण्डल, (मलाका बाट), सचिवमा सरोज साह (साहआलम बाट), सहसचिवमा राजेन्द्र यादव (केएल), कोशाध्यक्षमा प्रमोद कुमार महतो (के.एल बाट), सह-कोषाध्यक्षमा राम दुलार यादव (के.एल), मिडिया रिपोर्ट प्रदिप कुमार साह (जोहर) यसै गरी, बरिष्ट सल्लाहकारमा शुशील महतो (के.एल), सल्लाहकारमा संतोष महतो, जय प्रकाश साह चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा राजेंद्र यादव, ओम प्रकाश साह, राम पुकार महतो, संजिप कुमार यादव, मो. सनउल्ला अन्सारी चयन भएको कुरा हेल्प मधेसीको बर्तमान उपाध्यक्ष सुरेन्द्र महतोले जानकारी दिएको छ ।