
एजेन्सी : रुसले युक्रेनमा आक्रमण सुरु गरेयता अहिलेसम्म ८१६ आम नागरिकको मृत्यु भएको छ।
संयुक्त राष्ट्रसंघले शुक्रबार जारी गरेको तथ्यांकअनुसार बुधबारसम्म मृत्यु हुने आम नागरिकको ८१६ पुगेको हो। त्यस्तै १३३३ जना मानिसहरु घाइते भएका छन्।
राष्ट्रसंघको मानवाधिकार कार्यालय (ओएचसीएचआर)का अनुसार अधिकांश मानिसहरु ठूलो बमबारीमा परी मारिएका छन्।
राष्ट्रसंघका अनुसार युक्रेको युद्धमा मारिनेको वास्तविक संख्या योभन्दा धेरै हुन सक्छ किनकी भीषण आक्रमणको चपेटामा परेका धेरै सहरबाट तथ्यांक हासिल गर्न सकिएको छैन।
जसमध्ये एउटा मारिउपोल पनि हो।