
जनकपुरधाम : धानुक समाज सेवा मलेशियाले क्यान्सर पिडीतलाई आर्थिक सहयोग गरेको छ ।
धनुषाको सबैला नगरपालिका – ११ ईनर्वा निवासी जिवछ मण्डलको ६ वर्षीय छोरा अभिजित कुमार मण्डल सानै उमेरमा गम्भीर रोग ब्लड क्यान्सरको शिकार भएको छ ।
४ महिना देखि काठमाडौंको कान्तिबाल हस्पिटलमा उपचार भैरहेको छ तर अहिले सम्म लगभग ६ लाख जति खर्च भैसकेको छ, तर डाक्टरको भनाई अनुसार बच्चालाई अझै निको हुन लगभग १५ लाख जति उपचार खर्च चाहिन्छ ।
अहिले आफ्नो आर्थिक क्षमताले छोराको थप उपचार गर्न नभ्याउने भन्दै पिडित बालकको आमाद्वारा सहयोगको लागि हार्दिक अपिल गरेका थिए ।
पिडित मण्डलको समस्या बारे धानुक समाज सेवा मलेशियाका सल्लाहकार ईन्द्रजित मण्डलले जानकारी गराएका थिए । धानुक समाज सेवा मलेशियाका सम्पूर्ण पदाधिकारी लगायत सदस्यहरुले पिडीतको अपिल स्विकार्दै बालक लाई सहयोग गर्ने निर्णय गरेका थिए ।
धानुक समाज सेवा मलेशिया का केन्द्रिय बरिस्ठ उपाध्यक्ष तुलाराम मण्डलको पहलमा मलेशियाको Meiban Technology Sdn Bhd कम्पनीमा कार्यरत कामदारहरुबाट संकलन गरेको केही रकम एक साथ सहयोग गरेको छ ।
मण्डलको अपिल स्विकार्दै धानुक समाज सेवा मलेशिया र Meiban Technology Sdn Bhd कम्पनीमा कार्यरत कामदारहरुद्वारा न्यानो माया स्वरुप ४० हजार ५५ रुपैया सहयोग गरेको धानुक समाज सेवा मलेसियाका केन्द्रिय उपाध्यक्ष विजय कुमार मण्डल ले जानकारी गराएको छ ।
धानुक समाज सेवा संस्थामा कार्यरत नेपालका पदाधिकारीहरु, बसन्त कुमार मण्डल,उन्देश्वर राय,मन्जय मण्डल र धानुक समाज सेवा मलेशियाका सल्लाहकार ईन्द्रजित मण्डलले पिडीतको घरमै गएर सहयोग रकम हस्तान्तरण गरिएको छ ।
सहयोगको रकम लिदै पिडित मण्डल परिवारले धानुक समाज सेवा मलेशिया संस्थाका र सम्पूर्ण सहयोगी मनहरुलाई हृदय देखि धन्यवाद व्यक्त गरे । साथै उपचारको लागि थप सहयोग गर्न र सहयोगको लागि पहल गर्न दिन अनुरोध गरेको छ ।