जनकपुरधाम : बिहीबार (भोलि)देखि जनकपुर–पोखरा नियमित हवाई उडान हुने भएको छ । यात्रुको चाप बढेपछि जनकपुर–पोखरा दैनिक उडान हुन लागेको हो ।

यसअघि साताको तीन दिन सोमबार, बिहीबार र शनिबार मात्रै चल्ने गरेको थियो ।

नागरिक उड्डयन कार्यालय जनकपुरधामका प्रमुख प्रमुख योगेन्द्रनाथ कुँवरले गत फागुन २१ गतेदेखि जनकपुरधाम–पोखरा साताकाके तीन दिन चल्ने गरी सुरु भएको हवाई सेवा अब दैनिक चल्ने जानकारी दिए ।

उनकाअनुसार नियमित एउटा फ्लाइटले सेवा दिने छ ।

पोखराबाट पहिलो उडानमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीसहितको टिम मधेस भ्रमणमा आएका थिए ।


२०७८ चैत्र ९, बुधबार १७:४६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय