railway_jaynagar_janakpur_relway_rail_nepalvani

जनकपुरधाम : नेपाल रेलको नेपाल र भारतीय प्रधानमन्त्रीले संयुक्त रुपमा जुम प्रविधिबाट उद्घाटन गर्ने भएका छन् । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले अहिलेसम्म पूर्ण रुपमा उद्घाटनको मिति तय नभए पनि चैत १९ गते दुबै देशका प्रधानमन्त्रीद्वारा रेलको उद्घाटन गर्ने जानकारी दिएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जुम प्रविधिबाट उद्घाटन गर्ने कार्यक्रम रहेको उनले बताए । तर, रेल उद्घाटनको लागि जनकपुरधाममा एक विशेष कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । रेल सञ्चालन सन्दर्भमा जनकपुर जनगर रेल फागुन महिना भर दिनमा एकपटक यात्रु बिहान जनकपुरबाट जयनगर आउजाउ गरी ‘ड्रायरन’ गरेको थियो । चल्ने निश्चित नभएपछि चैत २ गतेदेखि एक दिन बिराएर यात्रुबिना जनकपुरधामको कुर्थादेखि जयनगरसम्म रेल चल्दै आएको छ ।

रेल्वे अध्यादेश निष्क्रिय भएपछि उद्घाटन मिति तय हुन सकिरहेको थिएन । केही दिन अघि राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश पुनः जारी गरेपछि रेल सञ्चालनको सम्भावनालाई टेवा दिएको थियो । रेल सञ्चालनका लागि प्राविधिक रूपमा सबै तयारी भइसकेको छ ।

कर्मचारी पनि नियुक्त भएर काममा खटिसकेका छन् । उद्घाटन पश्चात औपचारिक रुपमा यात्रु बोकेर जनकपुर जयनगर रेल चल्ने छ । जयनगरदेखि कुर्थासम्म करिब ३५ किलोमिटर छ । ०७७ असोज २ गते भारतीय कोकंण रेलवे कम्पनीसँग ८४ करोड ६५ लाख रूपैयाँमा खरिद गरिएको थियो । रेलमा दुई सेट इन्जिनसहित १० वटा बोगी छन् ।

दुवै बोगीले करिव १५ सय यात्रु बोक्ने क्षमताका छन् । महाप्रबन्धक झाले जनकपुर–कुर्था– जयनगर सामान्य सिटमा प्रति यात्रु ७० रूपैयाँ र एसी सिटमा तीन सय रूपैयाँ भाडा निर्धारण गरिएको छ । रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल संचालनको बाटो खुलेको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा संचालनको तयारी गरिएको हो।


२०७८ चैत्र १२, शनिबार ०६:३९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय