वीरगञ्ज : वीरगञ्जबाट जनकपुरतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ ।

वीरगञ्जको बसपार्कबाट जनकपुरका लागि छुटेको ना ४ ख ८५५५ नम्बरको यात्रुबाहक बस पूर्व पश्चिम राजमार्गअन्र्तगत सर्लाहीको फुलजोर खोलाबाट खस्दा ४ जनाको ज्यान गएको हो ।

खोलाको बार भत्काएर भएको दुर्घटनामा बसमा सवार २५ जनाभन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ । गुडिरहेको बस एक्कासी खोलामा खसेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी निरीक्षक केदारमान दोङ्ले जानकारी दिए ।

दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत हुन सकेको छैन । घाइतेहरुको सर्लाहीको लालबन्दीस्थित स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

accident_bus_sarlahi_nepalvani

accident_bus_sarlahi_nepalvani

२०७८ चैत्र १३, आईतवार १७:५६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय