बर्दिबास : महोत्तरीको मटिहानी-७ स्थित लक्ष्मीनारायण सागरको डिलमा रहेको साढे पाँच सय वर्ष पुरानो पीरबाबा मजारको जीर्णोउद्धार तथा सौन्दर्यकरण गरिएको छ। मटिहानी नगरपालिकाले २४ लाखको लागतमा मजार निर्माण गरि घेराबेरा गरिएको हो।

सुफी सन्त पिर बाबाको मजार हिन्दू र मुस्लिमको आस्थाको केन्द्र रहेको रहेको मटिहानीका मेयर हरि प्रसाद मण्डलले बताए। ‘प्रसिद्ध एवं पौराणिक ऐतिहासिक रहेको पिरबाबाको मजारलाई दर्शनीय बनाउन पालिका करीबद्ध छ’, उनले भने।

स्थानीय सरकार आएपछि लगातारको प्रयासमा ऐतिहासिक धार्मिक स्थलको संरक्षण, सम्बद्र्धन र विकासमा टेवा पुगेको मटिहानी नगरपालिका वडा नम्बर ६ का वडा सदस्य नूर मोहम्मद राईनले बताए।

आइतबार एक समारोह बीच निर्माण संरचनाको मटिहानीका मेयर मण्डलले उद्घाटन गरेका थिए। तीन सय ती वर्ष पुरोनो गुरुकूल संस्कृत माध्यमिक विद्यालय मटिहानीका प्रधानाध्यपाक ईश्वरी पौडे्लले बताए। ‘पीरबाबा मटिहानीको पहिलो नागरिक हो’, उनी भन्छन्, ‘ त्यसपछि रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास मटिहानी आएका थिए।’

त्रेतायुगमा राम र सीताको विवाह हुँदा मटिहानीबाट मटकोरका लागि माटो खनेर लगिएको संस्कृति विद् धु्रव रायले बताए। उनका अनुसार मटिहानी यो किम्बदन्तिसहित हिन्दु धर्मका मठ, पाठशाला, अनि मुस्लिम धर्मगुरू पिर बाबाको मजारले गौरवपूर्ण ईतिहास बोकेको छ। ‘पिर बाबाको मजारको यस्तो मजार हो जसले नेपाल र भारतका हिन्दु–मुस्लिमलाई धार्मिक सहिष्णुताको मालोमा उन्छ’, उनले भने।

matihani_nepalvani1

ईद, बकरिद, मोहर्रम लगायतका पर्वसँगै सोम र शुक्रबार भक्तजनको यहाँ ठूलो भिड लाग्छ। कोही भाकल गर्न पुग्छन् त कोही मनोकामना पुरा भएपछि खुशीबाँड्न। ‘मनोकामना पूर्तिका लागि पीर बाबालाई पुकार्न मुस्लिम मात्रै होइन हिन्दू धर्मावलम्बीहरू पनि यो मजार पुग्छन्’, मजारका मोलवी ६० वर्षीय मोहम्मद हसनले भने।

उनका अनुसार जसले नोकरी पाइरहेका हुँदैनन्, सन्तान भइरहेको हुँदैन। घर परिवारमा समस्या आउँछ, कतैबाट स्वास्थ्य लाभ हुँदैन अनि यहाँ दुवा माग्न आउँछन्। मनोकामना पुरा भएपछि मजारमा चादर, खसी, लड्डु, कुखुरा चढाउँछन्।

साढे पाँच सय वर्ष पुरो मटिहानीकै लक्ष्मीनारायण मठ मा पनि मुस्लिमहरूपनि आशिर्वाद थाप्न जान्छन्। मुस्लिमको ईस्लामिक क्यालेन्डर अनुसार हिजरी सम्वत्को पहिलो महिना मुहर्रममा मुस्लिम समुदायले ताजिया (दाहा) लिएर लक्ष्मीनारायण मठमा आउने प्रचन रहेको मठाधीश जगन्ननाथ दासले बताए।

२०७८ चैत्र १३, आईतवार २२:०९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय