काठमाडौँ : नेपाली बजारमा आज सुनचाँदिको मुल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो भने आज (सोमबार) सुनको मुल्य प्रतितोला चार सय रुपैयाले घटेर एक लाख पाँच सय रुपैयाँमा कारोबार हुने जनाएको छ ।

यस्तै, हिजो प्रतितोला एक लाख चार सय रुपैयाँमा कारोबार भइरहेको तेजाबी सुनको मूल्य आज प्रतितोला एक लाखमा कारोबार हुने महासंघले जानकारी दिएको छ ।

त्यस्तै, आज चाँदीको मुल्य पनि घटेको छ । महासंघको अनुसार हिजो प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदि आज १ हजार ३८० मा कारोबार भइरहेको छ।

२०७८ चैत्र १४, सोमबार ११:२६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय