एजेन्सी : श्रीलंकामा आपतकालीन अवस्था लागू भएको छ। राष्ट्रपति कार्यालय अगाडि भएको प्रदर्शनले हिंसात्मक रुप लिएको भोलिपल्ट (शुक्रबार) आपतकालीन अवस्था लागू गरिएको हो।

कोलम्बोमा बिहीबार भएको प्रदर्शनको क्रममा प्रदर्शनकारीहरुले राष्ट्रपति कार्यालय अगाडि राखिएको ब्यारिकेट नाघेर आगजनी गरेका थिए। समाचार संस्था रोयटर्सका अनुसार भिडन्तको क्रममा कम्तीमा २४ जना प्रहरी घाइते भएका थिए।

त्यसपछि सहरमा सेना परिचालन गरिएको छ। अहिले सेनालाई शंकास्पद व्यक्तिलाई तत्काल पक्राउ गर्न सक्ने अधिकार दिइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलंका अहिले गम्भीर आर्थिक संकटबाट गुज्रिरहेको छ। आर्थिक संकटका कारण जनजीवन प्रभावित हुँदा स्थानीयहरु सरकारको विरोधमा प्रदर्शनमा उत्रिएका छन्।

विदेशी मुद्राको अभावका कारण श्रीलंकाले इन्धन किन्न सकिरहेको छैन। अहिले श्रीलंकामा कम्तीमा १२ घण्टा विद्युत कटौती भइरहेको छ। यस्तै इन्धन, अत्यावश्यक खाद्यान्नसहितका सामग्रीको अभाव भएको छ। यसले सर्वसाधारणमा आक्रोश बढेका बेला सरकारले आपतकालीन अवस्था लागू गरेको हो।

२०७८ चैत्र १९, शनिबार ०६:२०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय