
काठमाडौं : नेपाल बार एसोसियसनको अध्यक्षमा गोपालप्रसाद घिमिरे निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न मतगणनाअनुसार
घिमिरे ४४ सय ३३ मत ल्याएर अध्यक्षमा विजयी भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी विष्णुमणि अधिकारीले २४ सय ८२ मत ल्याएका छन् ।
महासचिवमा भने अन्जिता खनाल विजयी भएकी छन्। उनले ३६ सय ८२ मत ल्याएकी छन्। उनका निकटतम प्रतिस्पर्धी केदारप्रसाद कोइरालाले २९ सय ८९ मत ल्याएका छन् ।
अन्य पदाधिकारीमा पनि घिमिरे प्यानल नै विजयी भएको छ। घिमिरे गठबन्धनका तर्फबाट चुनाव लडेका थिए भने अधिकारी प्रगतिशील समूहबाट उम्मेदवार थिए ।