
कैलाली । कैलालीमा बुधबार थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये लम्कीचुहा नगरपालिकामा २५ जना र गोदावरी नगरपालिकामा ३२ जनामा संक्रमण देखिएको छ ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा लम्की चुहामा ६ जना महिला र १९ जना पुरुष तथा गोदावरी नगरपालिकामा ४ जना महिला र २८ जना पुरुषमा संक्रमण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
यसअघि मंगलबार कैलालीमा ४९ जनामा संक्रमण पुष्टि भएको थियो । मंगलबार ४४ जना संक्रमित भेटिएको गोदावरीमा बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
योसँगै बुधबारसम्म कैलालीमा मात्रै संक्रमितको संख्या चार सय ६० पुगेको छ । हालसम्म सबै भन्दा धेरै गोदावरी नगरपालिकामा एक सय १३ जनामा कोरोना पुष्टि भएको छ । बुधबार २५ जना संक्रमित भेटिएको लम्की चुहामा पनि संक्रमितको संख्या ९१ पुगेको छ ।
गोदावरी र लम्कीचुहा दुबै स्थानीय तहमा हालसम्म १÷१ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ ।