जनकपुरधाम : लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरि आईतवार तराई मधेश लोकतान्त्रिक पार्टी प्रवेश गरेकी नेतृ विभा ठाकुर जनकपुरधाम उप-महानगरपालिकाको नगर प्रमुखमा मनोनयन दर्ता गरेकी छिन् । मधेस आन्दोलनको अग्रणी भूमिकामा रहेकी जनकपुरधामकी लोकप्रिय विद्रोही स्वभावकी नेतृ विभा ठाकुरले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेसंगै महिला नगरप्रमुखको उम्मेदवार संख्या तीन पुगेको हो ।

जनमत पार्टीबाट अनिता साह, नेकपा मसालबाट गीता कुमारी मण्डल र तमलोपाबाट विभा ठाकुर जनकपुरधामको मेयरको उम्मेदवार बनेकी हुन् । नेतृ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी भित्र एकलौटी निणर्य गर्ने परम्परा नै हावी भएको र सक्रिय नेता कार्यकर्तालाई समेत कुनै सम्मान नरहेकोले आफूले पार्टी परित्याग गर्दै तमलोपाबाट उम्मेदवारी दिएको बताइन् ।

उनले महिलालाई नेतृत्व सम्हालने अवसर प्राप्त भए निश्चय नै नगरभित्र नयाँ परिवर्तन हुनसक्ने दाबी गरिन् । ठाकुरले आफ्नो जीत सुनिश्चित रहेको समेत दाबी गरिन । उनी लोसपाका नेता राजेन्द्र महतो निकट मानिएपनि आईतवार मात्र बृषेश चन्द्र लाल नेतृत्वको पार्टी तराई मधेश लोकतान्त्रिक पार्टीमा प्रवेश गरेकी हुन् ।

२०७९ बैशाख १२, सोमबार १८:११मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय