काठमाडौं: बलिउड अभिनेत्री सोनाक्षी सिन्हाले इन्गेजमेन्ट गरेकी छिन् । अभिनेत्रीले आफ्नो जीवनको यो ठूलो खुसीको खबर आफ्नो सामाजिक सञ्जाल पोस्टमार्फत आफ्ना फ्यानहरूसँग सेयर गरेकी छिन् । सोनाक्षीको अचानक इन्गेजमेन्टको खबरले फ्यानलाई चकित बनाएको छ तर यो खबर सुनेर फ्यानहरू खुसी पनि छन् ।
सोनाक्षीले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा तीन फरक फोटो सेयर गरेर आफ्नो इन्गेजमेन्टको खबर सार्वजनिक गरेकी छिन् । एउटा तस्बिरमा दबंग गर्ल सोनाक्षी आफ्नो इन्गेजमेन्ट रिंग देखाइरहेकी छिन् ।सोनाक्षीको लभिङ फियोन्सेले उनको हात समातेको देखिन्छ । तर, सोनाक्षीको मायालु पार्टनर को हो भन्नेमा सस्पेन्स भने कायमै छ किनभने अभिनेत्रीले तस्बिरमा आफ्नो पार्टनरको अनुहार देखाएकी छैनन् ।
सोनाक्षी सिन्हाको इन्गेजमेन्टको खबरले फ्यानलाई निकै खुसी बनाएको छ । तर अभिनेत्रीको इंगेजमेन्टको खबर थाहा पाएपछि फ्यानहरु अहिले त्यो लक्की चार्मिङ को हुन् भन्ने जान्न उत्सुक छन्, जसलाई अभिनेत्रीले आफ्नो साथी बनाउने निर्णय गरेकी छन् । अभिनेत्रीले पार्टनरको नाम भने खुलाएकी छैनन् तर रिपोर्टका अनुसार यो लक्की चार्मिङ अरु कोही नभई ‘नोटबुक’ फेम अभिनेता जहीर इकबाल हुन् ।
सोनाक्षी र जहिरको डेटिङको खबर लामो समयदेखि चर्चामा छ । लामो समयदेखि यी दुईबीच केही न केही चलिरहेको खबर आइरहेको छ । तर, दुवैले डेटिङको खबरलाई कहिल्यै पुष्टि गरेका छैनन् । अब सोनाक्षीको पार्टनर जहीर इकबाल हुन् वा अरु कोही हुन्, त्यो पनि चाँडै थाहा हुनेछ ।