काठमाडौं : काठमाडौं महानगरपालिकामा नेकपा एमालबाट उपप्रमुखकी उम्मेदवार सुनिता डंगोलले मतदान गरेकी छन् । शुक्रबार बिहान काठमाडौं महानगरपालिका– २१ फसिगाँ लगनटोलको मतदान केन्द्रबाट डंगोलले मतदान गरेकी हुन्।

मतदान पछि उनले आफू निकै उत्साहित भएको बताइन् । मतदाताहरु पनि उत्साहित देखेर आफू निकै खुशी भएको डंगोलले बताइन्। उनले सबै मतदाताहरुलाई आफ्नो मताधिकारको सदुपयोग गर्न पनि आग्रह गरिन्।

डंगोलले आफू जित्नेमा विश्वस्त रहेको पनि बताइन् ।

२०७९ बैशाख ३०, शुक्रबार १०:५१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय