नेपालवाणी / जनकपुरधाम

धनुषाको जनकनन्दनी गाउँपालिका–१ को वडा अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)को पूरै प्यानल विजयी भएको छ । नेकपा एकिकृत समाजवादीको सन्तोष कुमार गोइतको सम्पुर्ण प्यानल सहित निर्वाचित भएका हुन् ।

गोइतले ४१२ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका देवनाथ मैरता यादवले ३२४ मत ल्याएको निर्वाचन अधिकृत ठूलोबाबु दाहालले जानकारी दिए ।

सदस्यमा सोही पार्टीका मोहन यादव र रामप्रगास हलुवाई, महिला सदस्यमा सिमला देवी माझी र दलित महिला सदस्यमा अरहुला देवी निर्वाचित भएका छन् ।


२०७९ बैशाख ३१, शनिबार १९:३६मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय