
धनुषा (तिन्कोरिया) : विदेह नगरपालिका वडा नं. ४ मा नेपाली कांग्रेसले भारी मतले विजयी भएका छन् ।
निर्वाचन कार्यालय विदेहका प्रमुख अर्जुन भण्डारी अनुसार वाजीव प्रमाणीले ६९८ मत प्राप्त गरेका छन् । भने उनको प्रतिद्वन्द्वी माओवादीकेन्द्रका उम्मेदवार बिनोद गोहितमानले २८८ मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी)बाट अजमल प्रमानी २४९ मत ,नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट सकिला अहमद अधिकारीले १३२ मत, जनमत पार्टी (जपा)बाट मो.गुलाम प्रमाणीले ४९ मत, लोकतान्त्रिक समाजवादी पार्टीबाट शिव कुमार गोइतले ३७ मत र जनता समाजवादी पार्टीबाट सन्तोष कुमार महरानले ३ मत प्राप्त गरेका छन् ।
अहिले विदेह नगरपालिकामा वडा नं १, २ र ४ को मतगणना सम्पन्न भएको छ भने वडा नं. ३ को जारी रहेको अधिकृत भण्डारीले जनाएको छ ।