धनुषा (तिन्कोरिया) : विदेह नगरपालिका वडा नं. ५ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ३६३ मतको फरकले विजयी भएका छन् ।

निर्वाचन कार्यालय विदेहका प्रमुख अर्जुन भण्डारी अनुसार राधे श्याम गोइतले ५९४ मत प्राप्त गरी विजयी भएका छन् । भने उनको प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एस)का उम्मेदवार विजय कुमार यादवले २३१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, जनमत पार्टी (जपा)बाट अमर कुमार मण्डलले २१४ मत , नेपाली कांग्रेसबाट कमलदेव यादवले १३३ मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रमोद कुमार मण्डलले १०२ मत, जनता समाजवादी पार्टी,नेपालबाट सुरज यादवले २० मत र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट जालन्धर खत्वेले १८ मत प्राप्त गरेका छन् ।

अहिले विदेह नगरपालिकामा वडा नं १, २, ३, ४ र ५ को मतगणना सम्पन्न भएको अधिकृत भण्डारीले जनाएको छ ।

२०७९ जेष्ठ २, सोमबार १०:००मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय