
धनुषा (तिन्कोरिया) : विदेह नगरपालिका वडा नं. ६ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले १३ मतको फरकले विजयी भएका छन् ।
निर्वाचन कार्यालय विदेहका प्रमुख अनुज भण्डारी अनुसार माओवादी केन्द्रबाट जयराम मण्डलले ४५३ मत प्राप्त गरी विजयी भएका छन् ।
भने उनको निकट प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार मनोज कुमार साफीले ४४० मत प्राप्त गरेका छन् ।
त्यस्तै, नेपाली कांग्रेसबाट रामदेव मण्डलले २०१ मत , जनमत पार्टीबाट धिरज कुमार मण्डलले २०० मत, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट हरी नारायण साहले १८८ मत,
र नेपाल कम्युनिष्ट पार्टी (एस)बाट राम सेवक महतोले २८ मत प्राप्त गरेका छन् ।
अहिले विदेह नगरपालिकामा वडा नं १, २, ३, ४ ,५ र ६ को मतगणना सम्पन्न भएको अधिकृत भण्डारीले जनाएको छ ।