नेपालवाणी / जनकपुरधाम

धनुषाको औरही गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्ष पदमा उमाशंकर प्रसाद साह र पुनम कुमारी साह विजयी भएकी छिन् ।

अध्यक्ष उमाशंकर प्रसाद साहले ३ हजा ३२६ मत ल्याएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ब्रहमदेव यादव २ हजार ९२३ मतमै सिमित हुन पुगे ।

यस्तै उपाध्यक्षमा एमालेकै पुनम कुमारी साह २ हजार ९४९ मत ल्याएर विजयी भएकी हुन् भने उनका निकटतम प्रतिद्वन्दी कांग्रेसकी रिंकि कुमारी मण्डल २ हजार ७९० मत ल्याएकी हुन् ।

यस्तै वडा नं. १ मा कांग्रेसका अशेश्वर यादव, २ मा किसुन यादव, ३ मा गंगा प्रसाद यादव, ४ मा जीनीस लाल मण्डल, ५ मा जसपाका सरोज कुमार मण्डल र ६ मा शंकर प्रसाद साह निर्वाचित भएका हुन्


२०७९ जेष्ठ ३, मंगलवार १२:२९मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय