बर्दिबास : महोत्तरीको बर्दिबास -१२ मा ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उम्मेदवारी दिएका रामकिशोर साहले ७ मतको फरकले विजयी भएका छन् । विजयी साहले ५०३ मत प्राप्त गरेका छन् ।

उनको निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका कल्प राज कोइरालाले ४९६ मत प्राप्त गरेका छन् । त्यस्तै, प्रहलाद क्षेत्रीकै पेनलका स्वतन्त्र उम्मेदवार बेचु बिश्वकर्माले १४८ मात प्राप्त गरेका छन् ।

वडा नं. १ मा स्वतन्त्रबाट भोला खड्काले ८९६ मत प्राप्त गरी विजयी, वडा नं. २ नेपाल कम्युनिष्ट पार्टी एमालेबाट धिरेन्‍द्र कुमार सिंह(श्याम राजा)ले ५७८ मत प्राप्त गरी विजयी, वडा नं. ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट विराट कुमार विष्‍टले १५१५ मत प्राप्त गरी विजयी,
वडा नं. ७ मा स्वतन्त्रबाट रामस्वगारथ यादव (भोरिल)ले ७२७ मत प्राप्त गरी विजयी, वडा नं. ८ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सम सेर सिंहले ७५१ मत प्राप्त गरी विजयी, वडा नं. १३ मा स्वतन्त्रबाट लक्ष्मण सिंहले ४३३ मत प्राप्त गरी विजयी र वडा नं. १४ मा स्वतन्त्रबाट विजय कुमार महतो विजयी भएका छन् ।

बर्दिबास नगरपालिकामा वडा. नं. १, २, ३, ७, ८, १२, १३ र १४ को मतगणना सम्पन्न हुँदा मेयरमा स्वतन्त्र उम्मेदवार प्रह्लाद छेत्रीले ७८३० मत, मावोबादी केन्द्रका राजु खड्काले ४०९५ मत र एमालेका टेक बहादुर बलम्पाकिले २४८४ मत प्राप्त गरेका छन् ।

त्यस्तै उपप्रमुखमा प्रह्लाद छेत्री पेनलकै स्वतन्त्र उम्मेदवार तारादेवी महतोले ५२५२ मत, मावोबादी केन्द्रका कृष्णमाया गौतमले ३९१४ मत र एमालेका दुर्गा दाहालले ३४८५ मत प्राप्त गरेका छन् ।

२०७९ जेष्ठ ३, मंगलवार १९:१०मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय