नेपालवाणी / जनकपुरधाम ।

धनुषाको मुखियापट्टी मुसहरनियाँ गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीका (जसपा) का जय कुमार यादव अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

उनले ५ हजार ४ सय १० मत ल्याएर निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका रामवावु यादवले २ हजार ४ सय ५५ मत ल्याए । यस्तै उपाध्यक्षमा जसपाकै सैदा खातुन निर्वाचित भएकी छिन् ।

उनले ४ हजार ४ सय १४ मत ल्याएर निर्वाचित भएकी छन् भने उनको निकटतम प्रतिद्वन्दी कांग्रेसकी अनिता कुमारी ३ हजार १५२ मत ल्याइन् ।

६ वटा वडा रहेको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चारवटामा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादी पार्टीले एक–एक वडामा जित हात पारेको छ ।

यस अघि २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेको अध्यक्ष, उपाध्यक्ष निर्वाचित भएको थियो ।


२०७९ जेष्ठ ४, बुधबार १६:४१मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय