
नेपालवाणी / जनकपुरधाम
जनकपुरधाम उप–महानगरपालिकाका स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले साढे १७ सय मतको अग्रता कायम राखेको छ । नेपाली काँग्रेसले टिक नदिएका मनोज कुमार साहले स्वतन्त्रबाट निर्वाचनमा भाग लिदा अग्रता कायम गरिरहदा सत्तारुढ गठबन्धनका उम्मेदवार लालकिशोर साहले स्वतन्त्र उम्मेदवार बलराम महतो उछिन्दै लालकिशोर तेश्रो स्थानमा पुगेको छ । यसअघि पाँचौं स्थानमा सुरु देखि नै रहदै आएको थियो ।
ताजा मत परिणामअनुसार मनोजले १० हजार १२५ मत ल्याएर अग्रता कायम राखेका छन् । उनलाई एमालेका शिवशंकर साह (हिरा)ले ८ हजार ३६२ मत ल्याएर पछ्याइरहेका छन् । त्यस्तै, गठबन्धनको तर्फबाट जसपाका उम्मेदवार लालकिशोर साह ४ हजार ४३ मत प्राप्त गरी तेश्रो स्थानमा उक्लेको छ ।
यसअघि साह पाँचौ स्थानमा थिए । यसअघि सुरुदेखि तेश्रो स्थानमा रहेका लोकतान्त्रि समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ९ सय ९२ मत सहित चौथो स्थानमा पुगेका छन् ।
सुरुदेखि चौथो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार बलराम महतोले ३ हजार १४६ मत प्राप्त गरी पाँचौ स्थानमा पुगेका छन् । त्यस्तै, स्वतन्त्र उम्मेदवार जानकीराम साहले १ हजार ५६३ मत पाएका छन् । त्यस्तै, जनमत पार्टीकी अनिता देवी साहले १ हजार १९७ र तमलोपाकी बिभा ठाकुरले ९१९ मत प्राप्त गरेकी छन् ।
उपमेयरमा भने गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका किशोरी साहले ११ हजार ६ सय १६, नेकपा एमालेकी रुणा झाले ९ हजार ४ सय ७८, लोकतान्त्रिक समाजवादी पार्टीकी रिता कुमारी मिश्रले ४ हजार १ सय २० र स्वतन्त्र उम्मेदवार निर्मल चौधरीले २ हजार ९ सय ४३ मत ल्याएका छन् ।