नेपालवाणी / जनकपुरधाम

जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साह विजयी भएको छ । सत्तारुढ दलको गठबन्धनमा नेपाली काँग्रेसको टिकटबाट बञ्चित मनोज कुमार साहले स्वतन्त्रबाट जनकपुरधाम उप–महानगरपालिकाको मेयरमा निर्वाचित भएको हो । स्वतन्त्रबाट मनोज साह र सतारुढ गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार किशोरी साह विजयी भएका हुन् ।

स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले १३ हजार ४ सय ६५ मत ल्याएर मेयरमा निर्वाचित भएको हो । उनका निकटत्तम प्रतिद्वन्दी नेपाल कम्युनिष्ठ पार्टी एमालेका शिवशंकर साह (हिरा)ले ९ हजार ५ सय ३२ मतमा सिमिति भए ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका मनोज कुमार चौधरीले ५ हजार ३ सय ६०, गठबन्धनबाट जनता समाजवादीका लालकिशोर साहले ५ हजार १ सय ९४, स्वतन्त्र उम्मेदवार बलराम महतोले ४ हजार २९०, स्वतन्त्र उम्मेदवार जानकीराम साहले २ हजार ७२, जनमत पार्टीबाट अनिता देवी साहले १४३७ र तमलोपाबाट विभा ठाकुरले ११ सय ४१ मत ल्याएका छन् ।

यसैगरी उपमेयरमा सत्तारुढ गठबन्धनबाट नेपाली काँग्रेसका किशोरी साहले १५ हजार ५ सय २५ ल्याएर विजयी भएका छन् । साहका निकटत्तम प्रतिद्वन्दी नेकपा एमालेका रुणा देवी झाले १० हजार ८८५, लोसपाकी रिता मिश्रले ५ हजार ८१७ मत ल्याईन् । मिश्र निवर्तमान उपमेयर हुन् ।

सत्ता गठबन्धनको भागबन्डामा नेपाली कांग्रेसले जनकपुरधामको मेयर जनता समाजवादी पार्टी (जसपा) लाई छाडेपछि कांग्रेस उपमहानगर समितिका सभापति समेत रहेका मनोज कुमार साहले राजीनामा दिएर उम्मेदवारी दिएका थिए ।


२०७९ जेष्ठ ९, सोमबार १८:५५मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय