काठमाडौं : पोखरा महानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) र उपमेयरमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)विजयी भएको छ। एमालेका कृष्ण बहादुर थापालाई पराजित गर्दै सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार बनेका धनराज आचार्य मेयर पदमा विजयी भएका हुन्।

आचार्यले ५८ हजार ८९३ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी थापाले ५२ हजार ८४८ मत ल्याएका छन्। उपमेयरमा एमालेकी मञ्जुदेवी गुरुङ विजयी भएकी छन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसकी उम्मेवदवार कोपिला रानाभाटलाई पराजित गर्दै एमालेकी गुरुङ विजयी भएकी हुन्।

गुरुङले ६० हजार ५४६ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्द्वी रानाभाटले ५६ हजार ६६३ मत ल्याएकी छन्। २०७४ सालमा पोखरामा एमालेका मानबहादुर जिसी र मञ्जुदेवी गुरुङ मेयर र उपमेयर निर्वाचित भएका थिए। गुरुङ यसपालि फेरि उपमेयर दोहोरिएकी छिन्।

२०७९ जेष्ठ ११, बुधबार ०६:२८मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय