जनकपुरधाम : धनुषाको कमला नगरपालिका वडा न- ३ लगमा निवासी  संदिप कुमार मुखियाकाे ७ बर्षीय छाेरा सुरज कुमार मुखिया कलिलो उमेरमै मुटु राेगकाे शिकार भएको छ ।

बिगत ५ बर्ष देखि काठमाडौंकाे गंगालाल हस्पिटलमा उपचार भैरहेका थिए भएको सबै धन सम्पत्ति बेचेर अहिले सम्म लगभग १५ लाख जति खर्च भैसकेको छ, तर डाक्टर काे भनाई अनुसार बिरामी बालकलाई अब अर्को मुटु नै टान्सफर गर्नु पर्छ । नेपालमा यस्को सुविधा नभएर अरु देश लग्नु पर्छ।

अझै लगभग क्याै लाख रुपैया चाहिन्छ खर्च त्यसैले ,बच्चाकाे आमा बुबाद्वारा सहयोगकाे लागि हार्दिक अपिल गरिएको छ ।

सामान्य आर्थिक अवस्था भएको र दैैनिक ज्यालादारी गरेर गर्जो टार्दै आएका मुखियाको परिवारमा विगत ५ वर्ष देखि आर्थिक पिडामा बाचिरहेका छन् । उहाँको आर्थिक अवस्था धेरै नै कम्जोर भएको कारण अहिले थप उपचार गराउन उहालाई निकै  समस्या आइपरेको छ।

विडित मुखिया परिवारले देश-विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरु र विभिन्न संघ-संस्थालाई आर्थिक सहयोग गर्न अपिल गरेका छन् ।

पिडितकाे सम्पर्क र एकाउन्ट नम्बर
Mobile No. 9807604116
Account Name:- Sandip Kumar Mukhiya
Account No:- 2325750618894001
Nic Asia Bank


२०७९ जेष्ठ ११, बुधबार १४:४४मा प्रकाशित

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय